प्रधानमन्त्री ओली चीनमा । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ उपत्यका । काठमाडौँको चोभारबाट शनिबार ड्रोनले खिच्दा देखिएको काठमाडौँ उपत्यकाको दृश्य।तस्बिर : गोपाल दाहाल/रासस
पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले स्वागत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार सिमरामा ५१ किलोको मालाले स्वागत गरिँदै । वीरगञ्जमा आयोजना हुन लागेको महिला सम्मलेनमा सहभागी हुन आएकी पूर्वराष्ट्रपति भण्डारीलाई सिमरा विमानस्थलमा ५१ किलोको मालाले स्वागत गरिएको हो। पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न सिमरामा नेकपा (एमाले)का नेता तथा कार्यकर्ता र स्थानीयको भिड लागेको थियो। तस्बिरः दिवाकर भण्डारी/रासस
भैँसी र बकुल्ला । लमजुङको मध्यनेपाल नगरपालिका-५ पराजुलीबेशी नजिकै मादी नदीको बगरमा चर्दै गरेका भैँसी र भैँसीका किर्ना खान पछ्याउँदै गरेका बकुल्लाको बथान। तस्बिर: देवेन्द्र गुरूङ/रासस
मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई । मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई दिएपछि अंकमाल गर्दै पूर्वमिस नेपाल आस्माकुमारी केसी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी