ढोरपाटनमा घोडचढी । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा घोडामा चडेर घुम्दै आन्तरिक पर्यटक। पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकले घोडामा यात्रा गर्न रूचाउने गर्छन्। तस्बिर: डम्मर बुढामगर/रासस
करूवाको प्रतिमा । भोजपुरको ऐतिहासिक क्षेत्र टक्सारमा पर्यटकलाई आकर्षित गर्न राखिएको करूवाको प्रतिमा। तस्बिर: युवराज विष्ट/रासस
चुनढुङ्गा उत्खनन् । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा पर्ने तापामा सिमेन्ट उद्योगले उत्खनन् गरेको चुनढुङ्गा। यहाँबाट सगरमाथा सिमेन्टले चुनढुङ्गा उत्खनन् गर्ने गर्छ। तस्बिरः दीपक बोहरा/रासस
माछा मार्दै । जलसतह बढेपछि सुनसरीको इनरूवा नगरपालिका–४ स्थित सडक किनारको नालीमा जाल थापेर माछा मार्दै स्थानीय। तस्बिर: नवीन गड्तौला/रासस
बेलिब्रिज निर्माण । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीस्थित कागखोलामा बेलिब्रिज जडान गर्दै मजदुर। म्याग्दीको राहुघाट खोलामा जगेडा रहेको बेलिब्रिज झिकेर यहाँ राख्न लागिएको हो। तस्बिर: सुन्दरकुमार थकाली/रासस