आजका तस्बिर- भदौ ११
आजका तस्बिर- भदौ ११
कोप्रे झरना ।  म्याग्दीको बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना। स्थानीयहरू गर्मी छल्न र रमाउन कोप्रे झरनामा जाने गर्छन्। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- भदौ ११
हरियाली धान खेती र घना बस्तीले भरिएको वीरेन्द्रनगरको माथिल्लो भाग ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ काँक्रेबिहारबाट देखिएको हरियाली धान खेती र घना बस्तीले भरिएको वीरेन्द्रनगरको माथिल्लो भाग तथा आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- भदौ ११
गणेश खट जात्रा मनाउँदै सूर्यविनायकवासी ।  गणेश जन्मोत्सवका अवसरमा आज सूर्यविनायकमा गणेश खट जात्रा मनाउँदै सूर्यविनायकवासी। तस्बिरः रमेश गिरी/रासस
आजका तस्बिर- भदौ ११
अकला मन्दिर ।  तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्गसँगै रहेको प्रसिद्ध अकला मन्दिर । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन्। तस्बिर: कृष्ण न्यौपाने/ रासस
प्रतिक्रिया दिनुहोस्