आजका तस्बिर- भदौ ३
आजका तस्बिर- भदौ ३
बागलुङको करिमेला गाउँ ।  बागलुङको ताराखोला गाउँपालिका–५ स्थित करिमेला गाउँ । ताराखोलामा अधिकांश घर परम्परगत ढुङ्गाले छाएकाले चिटिक्क देखिन्छन्। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- भदौ ३
तिलिचो हिमाल ।  मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल र आसपासका क्षेत्र । बढ्दो जलवायु परिवर्तनले गर्दा तिलिचो हिमालमा हिउँ पग्लिँदै गएको छ। तस्बिरः सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- भदौ ३
म्याग्दीको जगन्नाथ मन्दिर ।  म्याग्दीको बेनी नगरपालिका– ५ गाजनेमा रहेको प्रसिद्ध धार्मिकस्थल जगन्नाथ मन्दिर। मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पछिल्लो समय जगन्नाथ मन्दिरमा पूजाअर्चना गर्न आउने भक्तजनहरूको संख्या बढेको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- भदौ ३
कोइलीको बचेरालाई आहारा खुवाउँदै रूपी ।  सुनसरीको इनरुवा नगरपालिका-९ मा कोइलीको बचेरालाई आहारा खुवाउँदै रुपी (सारौँ) । ओथारा बस्ने बेलामा रुपीको गुँडमा कोइलीले राखेको अण्डाबाट निस्केको कोइलीको बच्चालाई रूपीले नै मातृत्व प्रदान गर्दछ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन्। तस्बिर :नवीन गड्तौला / रासस
प्रतिक्रिया दिनुहोस्