आजका तस्बिर-भदौ २
आजका तस्बिर-भदौ २
लमजुङको भोर्लेटार बजार ।  लमजुङको मध्यनेपाल नगरपालिकास्थित भोर्लेटार बजार र धानखेतीको हरियाली। तस्बिर: देवेन्द्र गुरूङ/रासस
आजका तस्बिर-भदौ २
स्वर्गद्वारी मन्दिर ।  प्युठानको स्वर्गद्वारी नगरपालिका–२ मा अवस्थित प्रसिद्ध पर्यटकीय तथा धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर-भदौ २
भ्यूटावर ।  बागलुङ नगरपालिका–१०स्थित पर्यटकीय गाउँ भकुण्डेको शिरमा जङ्गलको बीचमा रहेको भ्यूटावर। भकुण्डेमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले भ्यूटावरबाट हिमाल तथा मनोरम डाँडाहरू र सूर्योदय अवलोकन गर्ने गरेका छन्। तस्बिर: खेमराज गौतम/ रासस
आजका तस्बिर-भदौ २
धौलागिरि हिमाल ।  म्याग्दीको बेनी नगरपालिका– ९ स्थित पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमाल। ढोलठानबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका हिमालहरूलाई नजिकबाट अवलोकन गर्न सकिन्छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर-भदौ २
कृत्रिम जलाशय ।  दाङको तुलसीपुर उपमहानगरपालिका-१ पवननगरमा निर्माण गरिएको कृत्रिम जलाशय। बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले बनाएको उक्त कृत्रिम जलाशयले सिँचाइसँगै व्यावसायिक माछापालनमा सहज बनाएको छ। तस्बिरः दीपक बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्