शिव सरोवर । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव धाम, धारपानी परिसरमा करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय शिव सरोवर। तस्बिर : कुलदीप न्यौपाने/रासस
झरीमा धान गोड्दै किसान । लमजुङको मध्यनेपाल नगरपालिका-६ रानिपानी क्षेत्रमा झरिमा प्लास्टिक ओढेर एकाबिहानै धान गोड्दै किसानहरू। तस्बिर: देवेन्द्र गुरूङ/रासस
मुस्ताङको ढुम्बाताल । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र आसपासका क्षेत्र। समुद्री सतहदेखि दुई हजार ८३० मिटर उचाइमा यो ताल रहेको छ। तस्बिर : सुशीलबाबू थकाली / रासस
जुध्दै गरेका चौँरी । समुद्री सतहदेखि करिब चार हजार ४०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला–५, लोदेनमा जुध्दै गरेका दुई चौँरी। यहाँको हिमाली समुदायको पुर्ख्यौली पेशाको रूपमा चौँरीपालन रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस