आजका तस्बिर- साउन २०
आजका तस्बिर- साउन २०
झापुटार र आसपासका दृश्य ।  तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित झापुटार र आसपासका दृश्य। सेती नदीमा बन्दै गरेको पुल र सँगै रहेको झोलुङ्गे पुल। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन २०
केन्जो फूलसँगै लाम पोखरी ।  समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लाम पोखरी। यस क्षेत्रमा मुख्य आकर्षणको रूपमा लाम पोखरी रहेको छ भने सहायक आकर्षणका रूपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन २०
उर्लिएको राप्ती नदी ।  दाङको राप्ती गाउँपालिका–१ स्थित भालुबाङबाट देखिएको अविरल वर्षापछि उर्लिएको राप्ती नदी। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन २०
थाङ्दी झरना ।  तनहुँको म्याग्दे गाउँपालिका–५ थाङ्दीस्थित कान्छीबाराही मन्दिर परिसरमा रहेको थाङ्दी झरना । पछिल्लो समय यस झरनाले पर्यटकहरूलाई लोभ्याउने गरेको छ। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- साउन २०
घोडाबाट दूध ढुवानी गर्दै कृषक ।  दूध बिक्रीका लागि घोडालाई बोकाएर डेरीसम्म लैजाँदै इलाम सूर्योदय नगरपालिका–३ जिलगाउँका कृषक। यस क्षेत्रका कृषकहरूले विगत लामो समयदेखि दूध बोकाउन घोडा प्रयोग गर्दै आएका छन्। तस्बिरः रामकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्