आजका तस्बिर- साउन १९
आजका तस्बिर- साउन १९
बदाम खेती ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको पाँच विगाहाभन्दा बढी जमिनमा व्यावसायिक रूपमा गरिएको बदाम खेती। बालुवा मिसिएको दोमट माटोमा बदाम खेती राम्रो हुने किसान बताउँछन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- साउन १९
गलेश्वरमा भक्तजनको चहलपहल ।  म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा पूजाआजाका लागि सोमबार आएका भक्तजनहरूको चहलपहल। कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि रहेको गलेश्वरमा हरेक वर्षको साउन महिनाको सोमबारका दिन धार्मिक मेला लाग्ने गर्छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन १९
भक्तजन बसोबासका लागि निर्माण गरिएको संरचना ।  पर्साको राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आएका भक्तजनहरूको बसोबास र खानपानका लागि निर्माण गरिएको अस्थायी संरचना। तस्बिर:हिमाल लम्साल/रासस
आजका तस्बिर- साउन १९
बेनी बजार ।  पर्वतको जलजला गाउँपालिका–३ मल्लाजबाट सोमबार बिहान देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार। म्याग्दी र कालीगण्डकी नदीको दोभानमा बेनी बजार रहेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन १९
याक गोठ ।  समुद्री सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको याक गोठ। हिमाली समुदायको जीवनशैलीसँग गाँसिएको याकपालन उनीहरूको प्रमुख पुर्खौली पेसा हो। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्