तरकारी खेतीका लागि जमिन तयार पार्दै । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थी तरकारी खेतीका लागि जमिन तयार पार्दै। तस्बिरः सन्तोष गौतम/ रासस
टिबिएम एक्जिट प्लेटफर्म । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित कानढुंग्रे (खुर्कोट) नजिक निर्माण भइरहेको नेपाल सरकारको राष्ट्रिय गौरव आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गतको टिबिएम एक्जिट प्लेटफर्मको हवाई दृश्य। तस्बिरः अमरेन्द्रकुमार यादव/ रासस
नौधारी झरना । जाजरकोट नलगाडबाट देखिने रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ नौधारी झरना। यहाकाँ स्थानीयहरु यस झरनालाई धार्मिक स्थलको रूपमा लिन्छन्। तस्बिरः हेमन्त केसी/ रासस
लाम पोखरी । समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, लोदेन क्षेत्रमा रहेको लाम पोखरी। तस्बिरः दिलकुमार लिम्बू/ रासस