सेपुखोलास्थित बजार । जाजरकोटको बारेकोट गाउँपालिका–८ मा रहेको सेपुखोलास्थित बजार। तस्बिरः हेमन्त केसी/रासस
बेनीमा लाखे नाच प्रदर्शन । म्याग्दी सदरमुकामकाे बेनीमा बुधबार लाखे नाच प्रदर्शन गरिँदै। नेपाल भाषा मंका: खल: अन्तर्गत स्थानीय युवाहरूले लाखे नाच प्रदर्शन गरेका हुन्। तस्बिर: कमल खत्री/रासस
सुन पोखरी । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी। तस्बिरः दिलकुमार लिम्बू/रासस
कर्णाली पुल -चिसापानी । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रवेशद्वारको रूपमा रहेको बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुल । यो पुल पर्यटकका लागि पनि आकर्षणको केन्द्र रहेको छ। तस्बिर: झलनाथ खनाल / रासस
भादगाउँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ दृश्य। सदरमुकाम नजिकै रहेको यस ठाउँमा तीव्र रूपमा जनघनत्व बढ्दै छ। तस्बिरः कृष्ण न्यौपाने/रासस