आजका तस्बिर- साउन १२
आजका तस्बिर- साउन १२
बुकीपाटनमा चर्दै भेडाका बथान ।  ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान। समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाइमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरू भेडीगोठ लिएर जाने गर्छन्। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- साउन १२
झरीमा मकै व्यापार ।  काठमाडौंको तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा सोमबार बिहान पानी परेको बेला छाता ओढेर ठेलामा हरियो मकै बिक्री गर्न हिँडेकी महिला व्यापारी। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- साउन १२
शालिग्राम किनमेल ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा भक्तजनलाई शालिग्राम बिक्री गर्दै कागबेनीका स्थानीय व्यापारी। हिन्दु धर्म परम्परा अनुसार शालग्रामलाइ भगवान विष्णुको एक विशिष्ट रूपमा लिने गरिन्छ। तस्बिर: सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- साउन १२
पशुपतिनाथ मन्दिरमा भक्तजन ।  साउन महिनाको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्