आजका तस्बिर- साउन ९
आजका तस्बिर- साउन ९
किवी खेती ।  भोजपुरका टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका स्थानीय कृषकले गरेको व्यावसायिक किवी खेती। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- साउन ९
छुर्पी झुन्ड्याउँदै ।  सिन्धुपाल्चोकको मुडे बजारमा बेच्न पसलमा छुर्पी झुन्ड्याउँदै महिला। वर्षा लागेसँगै व्यापारमा कमी आएको उनी बताउँछिन्। तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- साउन ९
बेनी बजार र कालीगण्डकी नदी ।  म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरूक कोटको लभ्ली हिलबाट देखिएको सदरमुकाम बेनी बजार, कालीगण्डकी, म्याग्दी नदी र आसपास क्षेत्रको दृश्य। तस्बिरः ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- साउन ९
मुन्दुम पदमार्ग र डाँडा काँडाको हरियाली ।  भोजपुरको पर्यटकीयस्थल चखेवाक्षेत्रमा रहेको मुन्दुम पदमार्ग र डाँडा काँडाको हरियाली। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- साउन ९
महादेवको मूर्ति ।  तनहुँको सिमाना लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीस्थित मर्स्याङ्दी नदी छेउमै रहेको १०८ फिट अग्लो सिद्धेश्वर महादेवको मूर्ति। तस्बिर: जनक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्