च्याउ खेती । पोखरा महानगरपालिका-११ काहुँमा टनेलमा गरिएको च्याउखेती र पृष्ठभूमिमा देखिएको पोखराको बजार क्षेत्र। पछिल्लो समयमा पोखरा आसपासका क्षेत्रमा च्याउ खेतीप्रतिको आकर्षण बढ्दो छ। तस्बिर: वासुदेव पौडेल/रासस
मुहाकलुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुस्थित मुहाकलुङ। केहीले यो ढुङ्गालाई चुच्चे ढुङ्गा भनेर चिन्दछन् भने लिम्बू समुदायले आफ्नो समुदायको मुन्धुमसँग जोडिएको भनेर मुहाकलुङ भन्ने गरेका छन्। तस्बिर: सन्तोष पुर्कुटी/रासस
धर्मनाथ धाम । लमजुङको राइनास नगरपालिका-८ सर्वोदय सेवा आश्रम तथा मर्स्याङ्दी नदी छेउमै रहेको धर्मनाथ धामस्थल। यहाँ महादेव, गणेश, हनुमानको मूर्ति, १०८ धारा, १०८ शिवलिङ्गलगायत धार्मिक संरचना रहेका छन्। तस्बिर: जनक श्रेष्ठ/रासस
विश्वकै होचो उपत्यका तुम्लिङटार । अरूण नदी र सभाखोलाको बीचमा अवस्थित विश्वकै होचो उपत्यका तुम्लिङटार। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा अवस्थित (गुठिटार, बोहोराटार र तुम्लिङटार) यस क्षेत्रको रमणीयस्थल हो। तस्बिरः सुजन बज्राचार्य/रासस
घाँसे मैदानमा अर्ना । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदानमा देखिएको अर्ना। आरक्ष क्षेत्रमा हाल ४९८ वटा अर्ना रहेकाे बताइएको छ। तस्बिर: नवीन गड्तौला/रासस