सूर्योदय । सुनसरीको इनरूवा नगरपालिका-४ बाट बुधबार बिहान देखिएको उदाउँदै गरेको सूर्य। तस्बिर: नवीन गड्तौला/रासस
देउराली डाँडाबाट देखिएको निसेलढोर । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा अवस्थित देउराली डाँडाबाट देखिएको निसेलढोर। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने निसेल पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
शङ्खपार्क । काठमाडौं महानगरपालिका-४ मा अवस्थित शङ्खपार्क र आसपासको क्षेत्र। तस्बिर: हरिराम भेटुवाल/रासस
काँक्रा खेती । पोखरा महानगरपालिका-३३ तोरी बारीका कृषक बारीमा फलेको काँक्रा बिक्रीका लागि बजार पठाउन बोरामा हाल्दै। छ रोपनी जग्गामा व्यावसायिक रूपमा गरेको काँक्रा खेतीबाट १० हजार बढी किलो काँक्रा उत्पादन भएको कृषक देवीप्रसाद लामिछाने बताउँछन्। तस्बिर: हरिप्रसाद बास्तोला/रासस