आजका तस्बिर- असार ९
आजका तस्बिर- असार ९
भोजपुरको चोलन्ती र मझौले गाउँ ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ स्थित चोलन्ती र मझौले गाउँ। यो क्षेत्र कृषि उत्पादनको लागि उर्वरभूमि मानिन्छ। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- असार ९
राप्ती नदीमा माछा मार्दै महिला ।  वर्षातसँगै पानीको सहत बढेपछि राप्ती नदीमा माछा मार्दै स्थानीय महिला। माछा मारेर नजिकैको बजारमा बिक्री गरेर आम्दानी गर्ने गरेको उनीहरू बताउँछन्। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- असार ९
शान्तिधाम ।  काठमाडौंको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा रहेको धार्मिक एवं पर्यटकीयस्थल शान्तिधाम। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असार ९
जुम्ला विमानस्थल र खेतफाँट ।  जुम्लाको चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास रोपाइँ सम्पन्न भएको खेतफाँट। तस्बिर: विजय रावत/रासस
प्रतिक्रिया दिनुहोस्