गुल्मीको सोताफाँट । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत बडिगाड खोलाको किनारामा अवस्थित रूपाकोटको सोताफाँट। तस्बिर: जनार्दन घिमिरे/रासस
चैते धान । मलङ्गवा नगरपालिका–१० स्थित खेतमा पाक्नै लागेको चैते धान। सर्लाहीको उत्तरी क्षेत्रमा अधिकांश किसानले चैते धान खेती गर्ने गरेकोमा यस वर्ष जिल्लाको दक्षिणी भेगतिर पनि किसानले चैतेधान खेती गरेका छन्। तस्बिर: विश्वनाथ ठाकुर/रासस
नारच्याङ झरना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेँशीगाउँको शिरमा रहेको मनमोहक नारच्याङ (छहराखोला) झरना। अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ। तस्बिरः कमल खत्री/रासस