आजका तस्बिर- जेठ २९
आजका तस्बिर- जेठ २९
एकसिङ्गे गैँडा ।  चितवनको सौराहास्थित राप्ती किनारमा रहेको राइनो होटल परिसरमा बिहीबार बिहान चरिरहेको एकसिङ्गे गैँडा। चितवन राष्ट्रिय निकुन्जका गैँडा, बाघ, हात्तीलगायतका वन्यजन्तु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गर्छन्। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- जेठ २९
अन्नपूर्ण हिमाल ।  मनाङको ङिस्याङ १, पिसाङबाट देखिएको अन्नपूर्ण हिमाल र पृष्ठभूमिमा हरियाली धुपी र सल्लाको जङ्गल। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- जेठ २९
लमजुङको पुरानोकोट गढी ।  नेपाली सेनाद्वारा लमजुङ बेँसीसहर नगरपालिका-४ मा पुनर्निर्माण गरिएको पुरानोकोट गढी। १६ औँ शताब्दीमा तत्कालीन लमजुङका राजा यसोबम्ह्र शाहले पुरानोकोट गढी निर्माण गरेका थिए। तस्बिर: जनक श्रेष्ठ/रासस
आजका तस्बिर- जेठ २९
माछा मार्दै महिलाहरू ।  चितवनको खैरहनी नगरपालिका वडा नं. ७ र १० को सिमानामा रहेको ढुङ्ग्रे खोलामा माछा मार्दै स्थानीय थारू समुदायका महिलाहरू। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्