आजका तस्बिर- जेठ १३
आजका तस्बिर- जेठ १३
भिरमौरीको मह काढ्दै ।  ओखलढुङ्गाको जन्तरखानीमा भिरमौरीको मह काढ्दै स्थानीय महशिकारी । अप्ठ्यारो भिर पहरामा हुने भिरमौरीको मह जोखिम मोलेर डोरीको सहारामा झुण्डिएर काढ्ने गरिन्छ । विगतमा चोरी निकासी हुने भिरमौरीको मह अहिले वडाको सिफारिस लिएरमात्रै काढ्न मिल्ने व्यवस्था गरिएको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने/ रासस
आजका तस्बिर- जेठ १३
गोसाइँकुण्ड ।  समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित छ । तस्बिरः सुवास ढुङ्गाना/रासस
आजका तस्बिर- जेठ १३
पञ्चकोट ।  बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीयस्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडामा करिब रु. ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् । तस्बिर: खेमराज गौतम/ रासस
आजका तस्बिर- जेठ १३
पुनर्निर्माणको पर्खाइमा जाजरकोट दरबार ।  विसं २०२५ मा निर्माण गरिएको जाजरकोट दरबार विसं २०७२ को भूकम्पका कारण क्षति भएपछि हाल पुनर्निर्माणको पर्खाइमा। जिल्ला प्रशासन कार्यालय सञ्चालन हुँदै आएकामा हाल उक्त कार्यालय विस्थापित भएको छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- जेठ १३
मुस्ताङको छैरो गाउँ ।  मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित छैरो गाउँ र आसपासका क्षेत्रहरू । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपमा महत्त्वपूर्ण छैरो गाउँमा सात सय वर्ष पुरानो गुम्बा, ऐतिहासिक मन्दिर, छैरो छहरा लगायत छन्। तस्बिरः सुशीलबाबू थकाली/रासस
प्रतिक्रिया दिनुहोस्