मकै भित्र्याउन भ्याइनभ्याइ । सुनसरीको इनरूवा नगरपालिका-९ मा आइतबार भाँचेको मकै बोरामा हालेर ओसार्दै किसान। यतिबेला किसानलाई मकै भित्र्याउन भ्याइनभ्याइ छ। तस्बिर: नवीन गड्तौला/ रासस
छाङपाटनमा मकै खेती । तनहुँको म्याग्दे गाउँपालिका- ५ सेती नदी किनारस्थित छाङपाटनमा गरिएको मकै खेती। यहाँ सिँचाइको सुविधा नभए पनि मकै, मासलगायत कृषिजन्य उत्पादन राम्रो हुने किसान बताउँछन्। तस्बिर: सागर गिरी/ रासस
पर्यटकीयस्थल झुलेनी । प्युठानको नौबहिनी गाउँपालिका- ८ र प्युठान नगरपालिका-६ मा अवस्थित समुद्री सतहबाट करिब दुई हजार १०० मिटरको उचाइँमा रहेको पर्यटकीयस्थल झुलेनी। तस्बिर: कुलदीप न्यौपाने/ रासस
दमौली बजार । ड्रोनबाट खिचिएको तनहुँको सदरमुकामस्थित दमौली बजार, राजमार्ग, मादी नदी लगायत आसपासको क्षेत्र। तस्बिरः कृष्ण न्यौपाने/ रासस