सेतो गुम्बामा थेगिनसक्नु भिड । काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भिड लागेको छ। दस दिनका लागि मात्रै खुला गरिएको सेतो गुम्बामा अहिले मानिसहरूको भिड लागेको हो। उक्त गुम्बा जेठ ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो। तस्बिर: सुजिता कार्की/सेतोपाटी
सुन्तला खेती । तनहुँको म्याग्दे गाउँपालिका -२ स्थित उमाचोकमा गरिएको नमूना सुन्तलाखेती । यहाँको बहपुर, उमाचोक र थानसिङमा गरिएको नमूना सुन्तला खेती आर्यआर्जन तथा कृषि, पर्यटनका लागि आकर्षक गन्तव्य समेत बनेको छ । यहाँका कृषकहरु बारीमा लगाउँदै आएको कोदो, मकैखेती छोडी अहिले सुन्तला खेतीतर्फ आकर्षित भएका छन्। तस्बिर: सागर गिरी/रासस
सेती मादी सगमस्थल र दमौली बजार । तनहुँकाे व्यास नगरपालिका-१३ बेनीकाेटबाट शनिबार देखिएकाे सेती मादीनदी सगमस्थल, दमौली बजार र आसपासका दृश्य। तस्बिर: साने बहादुर नेपाली/रासस
शहीद पार्क । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा निर्माण गरिएको शहीद तथा बेपत्ता स्मृति पार्क (उद्यान) । ताराखोला गाउँपालिकाले शसस्त्र द्वन्द्वको समयमा जीवन उत्सर्ग गरेका शहीद तथा बेपत्ताको सम्मान, ऐतिहासिकस्थलको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले तत्कालीन विद्रोही माओवादीको सैन्य तालिम केन्द्र रहेको ठाउँमा पार्क निर्माण गरेको हो। तस्बिरः सन्तोष गौतम/रासस
सिराइचुली पर्वत । चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङबाट देखिएको सिराइचुली पर्वत क्षेत्र । सिराइचुली इच्छाकामना गाउँपालिका– १ मा अवस्थित चितवन जिल्लाको सबैभन्दा अग्लो पहाडी शिखर हो। सिराइचुलीको उचाइ एक हजार ९४५ मिटर रहेको छ। आकाश खुलेका बेला चुलीबाट विभिन्न हिमाल, पहाड तथा तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। तस्बिरः सनद अधिकारी/रासस