आजका तस्बिर- जेठ ९
आजका तस्बिर- जेठ ९
चिसोपानी पञ्चमी बजार ।  इलामको माङसेबुङ गाउँपालिका-६ (दाँया) र पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ (बाँया)को सङ्गमस्थलमा अवस्थित चिसोपानी पञ्चमी बजार। चिसोपानी पञ्चमी बजार कृषिजन्य एवम् दैनिक उपभोग्य सामग्री किनबेच गर्नका लागि पश्चिमी इलाम र दक्षिणी पाँचथरको पुरानो बजार हो। तस्बिरः रामकुमार लिम्बू/रासस
आजका तस्बिर- जेठ ९
मकवानपुरगढी दरबारबाट देखिएको गुम्बा ।  १७ औं शताब्दीमा निर्मित मकवानपुरगढी दरबारबाट देखिएको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित साङगेछ्योली गुम्बा। तस्बिर: अञ्जली थापा/रासस
आजका तस्बिर- जेठ ९
कृत्रिम घटना अभ्यास ।  गुल्मीको पनाहा खोलामा शुक्रबार विपतजन्य घटनाको कृत्रिम अभ्यास गर्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी। तस्बिरः जनार्दन घिमिरे/रासस
आजका तस्बिर- जेठ ९
चर्दै गरेका भेडा ।  धादिङको रुवीभ्याली गाउँपालिका-१ लिंजो नजिकै खर्कमा चर्दै गरेका भेडा। पछिल्लो समय रुवीभ्याली क्षेत्रमा भेडापालन गर्ने किसानको संख्या घट्दो छ। तस्बिर: सीताराम अधिकारी/रासस
आजका तस्बिर- जेठ ९
घोर्लेभीर ।  इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीको तोभाङस्थित घोर्लेभीर। माङसेबुङ गाउँपालिकाले यस क्षेत्रमा साहसिक पर्यटनको सम्भाव्यता अध्ययनको तयारी गरेको छ। तस्बिर: रामकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्