गोलभेँडा व्यापार । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा सञ्चालित कृषि फर्ममा बिक्रीका लागि गोलभेँडा सङ्कलन गर्दै श्रमिकहरू। स्थानीय किसानका अनुसार दाङमा गोलभेँडा प्रतिकिलो २२ रुपैयाँको दरले थोकमा बिक्री हुँदै आएको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
सेती नदी र बस्ती । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडाबाट देखिएको सेती नदी र आसपासका गाछेपानी, हलेदी, नर्सरी लगायतका बस्तीहरू। तस्बिर: कृष्ण न्यौपाने/रासस
मुन्दुम पदमार्गको चित्रकला । मुन्दुम पदमार्गका प्रवर्द्धन, विकास तथा प्रचारप्रसार गर्ने लक्ष्यले भोजपुरको चखेवामा आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ मा आफूले बनाएको चित्रसहित सामूहिक तस्बिर खिचाउँदै चित्रकारहरू। तस्बिर: युवराज विष्ट/रासस