च्छो रोल्पा ताल । समुद्री सतहदेखि चार हजार ५८० मिटरमाथि रहेको च्छो रोल्पा ताल। उक्त ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको गन्तव्य हो। यहाँ जान वैशाखदेखि कात्तिक महिनासम्म उपयुक्त मानिन्छ। तस्बिरः गोकर्णप्रसाद भण्डारी/रासस
तुवाचुङ–जायजुम पदमार्ग । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको पर्यटकीय पदमार्ग। तुवाचुङ मिनी ग्रेटवाल भनेर समेत चिनिने यस पदमार्ग नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा सिमेन्ट र बालुवाको कङ्क्रिट प्रयोग नगरी चुनासुकी प्रयोग गरेर निर्माण गरिएको हो। तस्बिर : केदार मगर / रासस
खेत बारी जोत्दै किसान । धादिङको खनियाँबास गाउँपालिका-१ ओँगुलमा खेतबारी जोत्दै गरेका एक वृद्ध किसान तथा पृष्ठभूमिमा देखिएका रुबीभ्याली , गणेश हिमाल र प्यालदोर हिमाल । तस्बिर: सीताराम अधिकारी / रासस
उपरदाङगढी । चितवनको इच्छाकामना गाउँपालिका–७ मा अवस्थित ऐतिहासिक उपरदाङगढी क्षेत्र। तस्बिरः सनद अधिकारी/रासस