आजका तस्बिर- जेठ ६
आजका तस्बिर- जेठ ६
बागलुङको हिल गाउँ ।  बागलुङको ताराखोला गाउँपालिका–३ स्थित हिल गाउँ। ढुङ्गाले चिटिक्क मिलेर बनेका उक्त गाउँका घरहरूले ताराखोला आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- जेठ ६
भोजपुरको सिक्रेटार ।  भोजपुरको अरूण गाउँपालिका-७ स्थित रमणीयस्थल सिक्रेटार। यो क्षेत्रमा बदाम, आँप, लिची लगायतको राम्रो उत्पादन हुने गर्दछ। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- जेठ ६
पर्यटकीय आवास ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ चेरामस्थित पर्यटकहरू बस्न निर्माण गरिएका भवन तथा टेन्टहरू। यही मार्ग हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पुगिन्छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- जेठ ६
शिवको मूर्ति ।  बन्दीपुर–४ ठुल्ढुङ्गामा निर्माण गरिएको महादेव शिवको मूर्ति। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले मूर्ति निर्माण गरेको यस क्षेत्र पछिल्लो समय पर्यटकहरूको गन्तव्यस्थल बन्दै गएको छ। तस्बिर: सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया दिनुहोस्