आजका तस्बिर- जेठ ४
आजका तस्बिर- जेठ ४
हलाे जोत्दै कृषक ।  उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा जौँ, उवा र आलु लगाउनका लागि चौँरीको सहायताले हलाे जोत्दै कृषक। यहाँ वर्षमा एक मात्र बाली लगाइन्छ। तस्बिर: हेमन्त केसी/ रासस
आजका तस्बिर- जेठ ४
ओखलमा धान कुट्दै ।  रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ स्थित गोतामकोट गाउँमा स्थानीय महिला ओखलमा धान कुट्दै। यस भेगमा अझै पनि परम्परागत तरिकाले मकै र गहुँ घट्टमा पिस्ने र धान ओखलमा कुट्ने चलन छ। तस्बिरः कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- जेठ ४
लटरम्म फलेको आरू ।  कास्कीको पोखरा महानगरपालिका–१७ म्यूजियम मार्गमा लटरम्म फलेको मौसमी फल आरू। केही दिनयता लगातार परेको असिना, हावा हुरीसहितको पानीले फलफुल तथा लहरेबालीमा ठूलो क्षति पुगेको छ। तस्बिरः हरिप्रसाद बास्तोला/ रासस
आजका तस्बिर- जेठ ४
पेट्रोलियम पदार्थको उत्खननस्थल ।  दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा पेट्रोलियम पदार्थको उत्खनन स्थल। तस्बिरः हेमन्त केसी/ रासस
आजका तस्बिर- जेठ ४
कञ्चनजंगा हिमाल ।  सिरिजंगा गाउँपालिका–८, ओक्ताङबाट देखिएको कञ्चनजंगा हिमाल। समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइमा रहेको यो विश्वको तेस्रो अग्लो हिमाल हो। सन् १९५५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले पहिलोपटक आरोहण गरेका थिए। त्यसयता, ट्रेकिङ र पर्वतारोहणका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ। तस्बिरः दिलकुमार लिम्बू/ रासस
प्रतिक्रिया दिनुहोस्