आजका तस्बिर- जेठ २
आजका तस्बिर- जेठ २
ऐतिहासिक पाङवोच गाउँ ।  सोलुखम्बुको खम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित तल्लो पाङवोचे गाउँ । सगरमाथा आधार शिविरतर्फ जाँदा बाटोमा भेटिने यो गाउँ खम्बु क्षेत्रको ऐतिहासिक गाउँको रुपमा चिनिन्छ। तस्बिरः हरि परियार/रासस
आजका तस्बिर- जेठ २
महादेवको मूर्ति ।  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मूर्ति । हरेक वर्ष साउन र भदौ महिनामा बोलबमहरूले बागमती नदीबाट जल ल्याएर यहाँ भगवान् शिवको मूर्तिमा पूजाअर्चना जल चढाउने गर्छन्। तस्बिरः रमेश तिमल्सिना/रासस
आजका तस्बिर- जेठ २
पर्यटकलाई आकर्षित गर्न सजावट ।  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रभित्र अवस्थित प्रथम शहीद लखन थापाको शालिक परिसरमा पर्यटकका लागि आकर्षित गर्न गरिएको सजावट। तस्बिरः रमेश तिमल्सिना/रासस
आजका तस्बिर- जेठ २
गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल ।  गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने गरी प्रसिद्ध धार्मिकस्थल रिडीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गेपुल । पुल बनेसँगै रिडी घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने स्थानीयलाई आवतजावतमा सहज भएको छ। तस्बिरः हुमाकान्त पोखरेल/रासस
आजका तस्बिर- जेठ २
रूकुमकोट र कमल ताल ।  रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटस्थित कमल ताल र रूकुमकोट आसपासको क्षेत्र। रूकुम पूर्वको अस्थायी जिल्ला सदरमुकाम रूकुमकोट तोकिए पनि स्थायी रूपमा सदरमुकाम नतोक्दा यहाँ विभिन्न कार्यालयका भौतिक संरचना निर्माण हुन सकेका छैनन्। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
प्रतिक्रिया दिनुहोस्