कञ्चनजङ्घा आधार शिविर र हिमश्रृङ्खला । ताप्लेजुङको सिरिजङ्घा–८, ओक्ताङ क्षेत्रमा कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविर नजिक रहेका राथोङ पिक, काब्रु पिक र पृष्ठभूमिमा कञ्चनजङ्घा हिमश्रृङ्खला। ८ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो शिखर हो। तस्बिरः दिलकुमार लिम्बू/रासस
सेराफाँटमा आलुखेती । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँस्थित सेराफाँटमा गरिएको आलुखेती। नारच्याङको उर्वर भूमि सेराफाँटमा सिँचाइ सुविधा पु-याउन गण्डकी प्रदेश सरकारमार्फत् यस वर्षदेखि सिँचाइ आयोजना निर्माण सुरू भएको छ। तस्बिर: सन्तोष गौतम/रासस
भेडाको ऊनबाट बक्खु बुन्दै महिला । गोरखाको धार्चे गाउँपालिका-३, उहियामा भेडाको उनबाट बक्खु बुन्दै स्थानीय महिला। तस्बिर: दीपक श्रेष्ठ/रासस
मुस्ताङको न्हेछुङ्ग माथिको डाँडाबाट दक्षिणमा देखिएको धौलागिरि–नीलगिरि हिमशृङ्खला । करिब चार हजार २०० मिटर उचाइमा रहेको मुस्ताङको न्हेछुङ्ग माथिको डाँडाबाट दक्षिणमा देखिएको धौलागिरि–नीलगिरि हिमशृङ्खलाको मनमोहक दृश्य। तस्बिरः धर्मेन्द्र झा/रासस