पर्यटकको आकर्षक क्षेत्र खप्तड । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड। बझाङ, बाजुरा, अछाम र डोटीको बीच भागमा पर्ने खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। २२ पाटन, ५२ झोतीको नामले परिचित खप्तड क्षेत्र अवलोकनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक आउने गर्दछन्। तस्बिरः भूमिराज पिठातोली/रासस
साइपाल हिमाल । बझाङको साइपाल गाउँपालिकामा पर्ने साइपाल हिमाल। यो हिमालको सर्वोच्चविन्दु समुद्री सतहबाट सात हजार ३१ मिटर अर्थात् २३ हजार ६८ फिट उचाइमा रहेको छ। यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट साढे ६ दिन पैदल हिँड्नुपर्छ । यो हिमालमा अहिलेसम्म कुनै आरोहीले आरोहण गर्न सकेको छैन। तस्बिरः भूमिराज पिठातोली/रासस
अकला मन्दिर । तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको प्रसिद्ध अकला मन्दिर। पृथ्वी राजमार्गको आडैमा रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन्। तस्बिरः सागर गिरी/रासस
गौरीटापमा पर्यटन प्रवर्द्धन । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानास्थित गौरीटापमा आयोजना गरिएको 'स्पार्क एड्भेञ्चर'का क्रममा राखिएका टेन्ट । सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार राति आयोजना गरेको कार्यक्रममा २०० जना भन्दा बढी आन्तरिक पर्यटकहरू टेन्टमा बास बसेका थिए। तस्बिरः कमलकुमार बस्नेत/ रासस
गोतामकोट गाउँ । रूकुम पश्चिमको जाजरकोटसँग सिमाना जोडिएको आठबिसकोट नगरपालिका– ४ र ५ मा अवस्थित गोतामकोट गाउँ। तस्बिरः कुलदीप न्यौपाने/रासस