आजका तस्बिर- वैशाख १२
आजका तस्बिर- वैशाख १२
अन्नपूर्ण हिमशृङ्खलाको पृष्ठभूमिमा चामे–खाङसार सडकखण्ड ।  हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित अन्नपूर्ण हिमशृङखलाको पृष्ठभूमिमा चामे–खाङसार सडकखण्ड। सडक निर्माणसँगै स्थानीय तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- वैशाख १२
गहुँ खेती ।  काठमाडौंको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा खेतमा पाकेको गहुँबाली। तस्बिर: हरिराम भेटुवाल/ रासस
आजका तस्बिर- वैशाख १२
सोलुखुम्बुको थामेगाउँ ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेगाउँ। गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरू हाल पुनर्निर्माणका कार्य जारी छ। तस्बिर : सुवास दर्नाल/रासस
आजका तस्बिर- वैशाख १२
रोकाजा गाउँ ।  रूकुम पश्चिमको आठविसकोट नगरपालिका-१ स्थित रोकाजा गाउँ। यहाँ अझैसम्म पनि विद्युत सेवा पुगेको छैन। तस्बिर: बलबहादुर ओली (बलेन्द्र)/रासस
आजका तस्बिर- वैशाख १२
निलगिरि हिमाल र जहाज ।  मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्दै गरेको जहाज र पृष्ठभूमिमा निलगिरि हिमाल। तस्बिर: सुन्दरकुमार थकाली/रासस
प्रतिक्रिया दिनुहोस्