आजका तस्बिर- वैशाख ९
आजका तस्बिर- वैशाख ९
रेसुङ्गाको प्रतीक तम्घासमा बनाइँदै ।  गुल्मीको तम्घासस्थित जिल्ला प्रशासन कार्यालयको पर्खालमा प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको प्रतीक बनाइँदै। रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटन प्रवर्धनका लागि तम्घासका लागि रेसुङ्गाको प्रतीक बनाउन थालेको हो। तस्बिरः हुमाकान्त पोखरेल/रासस
आजका तस्बिर- वैशाख ९
मुस्ताङको सेल्फी पार्कमा पर्यटक ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित सेल्फी पार्कमा पर्यटकको चहलपहल । मानव निर्मित विशाल शालिग्राम रहेको सेल्फी पार्कमा पर्यटकले सवारीसाधन रोकेर तस्बिर तथा सेल्फी खिच्ने पर्यटकको चहलपहल बढेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- वैशाख ९
बाह्र कुने दह ।  दाङको घोराही उपमहानगरपालिका- १३ स्थित धार्मिक तथा पर्यटकीयस्थल बाह्र कुने दह। तस्बिर: कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- वैशाख ९
काफलको व्यापार ।  सिन्धुपाल्चोकको मेलम्ची बजार, सडक किनारामा काफल बिक्री गर्न बसेकी एक महिला। इन्द्रावती गाउँपालिकाको नवलपुरबाट उनी काफल बिक्री गर्न मेलम्ची आएकी हुन्। तस्बिर: देवराज सुवेदी/रासस
आजका तस्बिर- वैशाख ९
सोलुको खुम्जुङमा पर्यटक, पृष्ठभूमिमा थामसेर्कु हिमाल ।  समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्जुङ उपत्यकामा पर्यटक। साथै पृष्ठभूमिमा थामसेर्कु हिमाल। जुन उपत्यका विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको वडामा पर्दछ। तस्बिरः विष्णु कल्पित/रासस
प्रतिक्रिया दिनुहोस्