आजका तस्बिर- चैत ३०
आजका तस्बिर- चैत ३०
बाइस धारा मेलामा भक्तजन ।  काठमाडौं महानगरपालिका-१६ स्थित बालाजुमा शनिबार चैत्र शुक्ल पूर्णिमाको दिन हुने बालाजु ल्हुती पुन्ही (बाइसधारा) मेलामा आएका भक्तजन। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- चैत ३०
पानी परेपछि खुलेको काठमाडौं ।  काठमाडौंको आकाश शनिबार खुलेको छ। बिहीबारदेखि पर्न थालेको पानीले काठमाडौं ढाकेको प्रदूषण केही पखालेको छ।
आजका तस्बिर- चैत ३०
पातको जोहो ।  दाङको लमही–घोराही सडकखण्डको चौपट्टा जङ्गलबाट दुना टपरी बनाउन मालुका पात टिपेर घर फर्कंदै थारू समुदायका महिलाहरू। तस्बिरःदीपक बोहरा/रासस
आजका तस्बिर- चैत ३०
राजगोमन सर्पको नाप लिँदै ।  दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुर बस्ती नजिकबाट उद्दारकर्ताले उद्धार गरेको राजगोमन (किङ कोब्रा)सर्पको नाप लिइँदै । १३ फीट लम्बाई र ८ किलोग्राम तौल भएको यो सर्प नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको दुर्लभ तथा विषालु सर्प हो। उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। तस्बिर :कुलदीप न्यौपाने / रासस
आजका तस्बिर- चैत ३०
ट्याटु कन्भेन्सन ।  १२ औं संस्करणको इन्टरनेसनल ट्याटु कन्भेन्सन सुरू भएको छ। शुक्रबारदेखि सुरू भएको ट्याटु कन्भेन्सन आइतबार समापन हुँदैछ।
प्रतिक्रिया दिनुहोस्