मौसममा सुधार आएपछि टलल टल्किएको अन्नपूर्ण हिमाल । मौसममा सुधार आएपछि मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाबाट शुक्रबार बिहान देखिएको अन्नपूर्ण हिमाल। तस्बिरः नवीन लामिछाने/रासस
पुर्कोट गाउँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित पुर्कोट गाउँ। पुर्कोटवासी भन्छन्- यहाँ पक्की सडक, खानेपानी र बिजुली आएपछि हामीलाई सहज भएको छ। तस्बिरः मिला दरै/रासस
बौद्ध तेमाल जात्रामा भक्तजन । काठमाडौं बौद्धनाथ स्तुपामा शुक्रबार तेमाल जात्रामा आएका भक्तजन। यो जात्रामा विशेषगरी तामाङ समुदायका भक्तजन बौद्धनाथमा आउने गर्छन्। तेमाल जात्रामा आउने भक्तजनहरूले दिवङ्गत पितृको सम्झनामा बत्ती (दियो) बाल्ने लामा गुरूद्वारा पूजापाठ गर्छन्। तस्बिरः हरिराम भेटुवाल/रासस
सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक । मौसम खुलेपछि शुक्रबार खम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक। तस्बिरः हरि परियार/रासस