आजका तस्बिर- चैत २८
आजका तस्बिर- चैत २८
दोस्रो पशुपति मानिने इशानेश्वर महादेव मन्दिर ।  मध्यनेपाल नगरपालिका–७ करापुटारमा अवस्थित दोस्रो पशुपति मानिने इशानेश्वर महादेव अर्थात सन्तानेश्वर महादेव मन्दिर। तस्बिरः देवेन्द्र गुरूङ/रासस
आजका तस्बिर- चैत २८
हुरीले क्षति ।  नेपालगन्ज क्षेत्रमा बुधबार राति आएको हुरीले उडाएको घरको टिनका संरचना। हुरीले विद्युत पोलमा क्षति पुग्दा केही क्षेत्रमा विद्युत सेवा बन्द भएको छ। तस्बिर: राकेशकुमार मिश्र/रासस
आजका तस्बिर- चैत २८
धानको बिउ उखेल्दै किसान ।  कैलालीको भजनी नगरपालिका वडा नं ३ कृष्णपुरस्थित खेतमा रोपाइँ गर्न चैते धानको बिउ उखेल्दै किसान। यस वर्ष भजनीमा एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने अनुमान गरिएको छ। तस्बिरः झलनाथ खनाल/रासस
आजका तस्बिर- चैत २८
काठमाडौंमा वर्षा ।  काठमाडौंको तारकेश्वर नगरपालिका-१० स्थित मनमैजु लोकतान्त्रिक चोकमा बिहीबार बिहान वर्षा भएपछि छाता ओढेर आफ्नो गन्तव्यतर्फ जाँदै सर्वसाधारण। तस्बिर: हरिराम भेटुवाल/ रासस
आजका तस्बिर- चैत २८
हिमपातपछिको निलगिरि हिमाल ।  मुस्ताङमा बुधबार राति अविरल वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल। मुस्ताङको थासाङ क्षेत्र हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन्। तस्बिर: सुशीलबाबू थकाली/रासस
प्रतिक्रिया दिनुहोस्