कहिले हट्ला काठमाडौंको प्रदूषण । एक सातादेखि काठमाडौंको आकाश प्रदूषित छ। आकाशमा भरिएका प्रदूषित वायु छिचोलेर घामले जमिन छुन सकेको छैन। प्रदूषित सहर नियाल्ने कोसिस गरिरहेका एक वृद्ध। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
२७ घर नष्ट । अछामको बान्निगडी जयगढ गाउँपालिका-३ जयगढमा खाना पकाउने ग्यास सिलिण्डर चुहिएर आगलागी भएपछि २७ घर जलेर नष्ट भएका छन्। तस्बिरः अछाम प्रहरी।
राजसंस्था पुनःस्थापनाको प्रतिबद्धता । राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' ले प्रतिबद्धता सभा गरेको छ। जगमान गुरूङ संयोजकत्वमा रहेको समितिले बुधबार धुम्बाराहीमा प्रतिबद्धता सभा गरेको हो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
आठौं दिनमा शिक्षकको प्रदर्शन । विद्यालय शिक्षा ऐन ल्याउन र गत २०८० असोजमा भएको सहमति कार्यान्वयनको माग राख्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। आन्दोलनको आठौ दिनमा उनीहरूले हात उठाएर माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
अस्पतालमा शय्या अभाव । जिल्ला अस्पताल सङ्खुवासभामा शय्या अभाव भएपछि प्यासेजमा राखेर बिरामीको उपचार गरिँदै । निर्माणाधीन भवन सम्पन्न भइनसकेको र विसं २०३३ मा स्थापना भएको पुरानो भवनबाट जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ । तस्बिरः भविन कार्की/रासस
सुन्दर सानीभेरी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछमी ज्युला, सानीभेरी नदी, मध्यपहाडी सडक र आसपासका क्षेत्रहरू। तस्बिर : कुलदीप न्यौपाने / रासस
कुन्जोगाउँ । मुस्ताङको थासाङ गाउँपालिका-५ स्थित कुन्जो गाउँ । आलुका लागि यो गाउँ प्रख्यात रहेको छ । तस्बिर: सुशीलबाबू थकाली/रासस