आजका तस्बिर- चैत २६
आजका तस्बिर- चैत २६
जोडी कलकले ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको कलकले चराको जोडी। यो हिमालय फेदमा रहेको जङ्गल र झाडीदेखि दक्षिणपूर्व एसियासम्म पाइने सामाजिक र मुखाले चरा हो। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- चैत २६
राप्रपाको खबरदारी सभा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा मंगलबार दिउँसो खबरदारी सभा गरेको छ। व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरूद्ध भन्दै राप्रपाले प्रदर्शन र सभा गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २६
घण्टाघर मर्मत सम्भार गरिँदै ।  वीरगञ्जस्थित घण्टाघरको केही भाग चर्किएपछि मर्मत सम्भार गरिँदै। वीरगञ्ज महानगरपालिकाले आवश्यक मर्मतसम्भारको काम अघि बढाएको हो। तस्बिर: हिमाल लम्साल/रासस
आजका तस्बिर- चैत २६
आहाल बस्दै गरेका भैँसी ।  दाङको गढवा गाउँपालिका–४ स्थित राप्ती नदीमा आहाल बस्दै गरेका भैँसी। किसानले गर्मी मौसममा नदीमा भैँसीलाई आहाल राख्न लैजाने गर्छन्। तस्बिर : सुशीला ओली/रासस
आजका तस्बिर- चैत २६
पैदलमार्ग ।  तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटमा निर्माण गरिएको पैदलमार्ग। मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेपछि यहाँ पूर्वाधार थपिने क्रम जारी छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्