व्यावसायिक मौरीपालन । सुनसरीको इनरूवा नगरपालिका–२ मा देखिएको फुस्रो टाउके सारौं । नेपाल, भारत र दक्षिणपूर्व एशियाको खुला गाउँ, खुला जङ्गली क्षेत्र र खेतीपातीमा पाइने यो आंशिक रूपमा प्रवासी चरा हो। तस्बिरः नवीन गड्तौला/रासस
कुइने गाउँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइने गाउँको परम्परागत ढुङ्गे घरहरू। जिल्लाको दुर्गम गाउँको रूपमा चिनिने यस गाउँमा अल्पसङ्ख्यक छन्त्याल जाति र दलित समुदायको बसोबास रहेको छ । तस्बिरः दलप्रसाद विश्वकर्मा/रासस
फुस्रो टाउके सारौँ । सुनसरीको इनरूवा नगरपालिका–२ मा देखिएको फुस्रो टाउके सारौं। नेपाल, भारत र दक्षिणपूर्व एशियाको खुला गाउँ, खुला जङ्गली क्षेत्र र खेतीपातीमा पाइने यो आंशिक रूपमा प्रवासी चरा हो। तस्बिरः नवीन गड्तौला/रासस
निफुक नाम्डुलिङ गुम्बा । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेर गाउँमा नवनिर्मित निफुक नाम्डुलिङ गुम्बा। यो गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। हाल यस गुम्बामा करिब ६० जना लामा विद्यार्थी अध्ययनरत छन्। तस्बिरः सुशीलबाबू थकाली/रासस
थर्पुको वैकल्पिक मार्ग । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–थर्पुको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा आस्फल्ट प्रविधिको कालोपत्रे गरिएको सडक। गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माण भएको उक्त मार्ग व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वी राजमार्गसँग जोडिएको छ। तस्बिरः सागर गिरी/रासस