मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार । भारतबाट जनकपुर पुग्ने अधिकांश तीर्थालु यसै नाकाबाट प्रवेश गर्ने गरेका छन्। तस्बिरः विश्वनाथ ठाकुर/रासस
चरन क्षेत्रमा याक । सङ्खुवासभाको चैनपुर नगरपालिका–१, गुफा पोखरीस्थित चरन क्षेत्रमा चर्दै गरेका याक। यहाँका स्थानीयले एक हजारभन्दा बढीको सङ्ख्यामा याक र चौंरीपालन गरेका छन्। तस्बिरः नवीन गड्तौला/रासस
माटोको सामग्री बनाउन सिक्दै थारू समुदायका महिला । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–६ को आयोजनामा सञ्चालित माटोको सामग्री बनाउने तालिममा सीप सिक्दै मैनापोखर थारू समुदायका एकल महिला। तस्बिरः दलबहाुर सुनार/रासस
मेलामा डालानाङ्ला व्यापार गरिँदै । चैते दसैँका अवसरमा बागलुङस्थित प्रसिद्ध घार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा सञ्चालित मेलामा बिक्रीमा राखिएका डालानाङ्ला। बर्सेनि लाग्ने यस मेलामा स्थानीय उत्पादन बेच्न व्यापारीहरू गाउँदेखि सदरमुकाम आउने गर्छन्। तस्बिरः रामबहादुर थापा/रासस
मुस्ताङ—डोल्पा जोड्ने पुल । काली गण्डकी नदीमा निर्माण भएको मुस्ताङ—डोल्पा जोड्ने पुल। पुल बनेपछि काली गण्डकीपारिका गाउँहरू पाक्लिङ, फ्ल्याक, धाकार्जुङ र साङ्गा गाउँसहित उपल्लो डोल्पाका नागरिकहरूलाई मालसामान ढुवानी र आउजाउमा निकै सहज भएको छ। तस्बिरः सुन्दरकुमार थकाली/रासस