आजका तस्बिर- चैत २२
आजका तस्बिर- चैत २२
धौलागिरी हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित लेतेबाट शुक्रबार देखिएको धौलागिरी हिमाल र आसपासको क्षेत्र। तस्बिर: सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- चैत २२
तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस ।  तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइन्छ। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर- चैत २२
चैती छठमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन ।  जनकपुरधाममा अवस्थित गंगासागर पोखरीको घाटमा शुक्रबार बिहान चैती छठ पर्वको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन। तस्बिर: निरंजनकुमार साह/रासस
आजका तस्बिर- चैत २२
कमल पोखरी ।  काठमाडौं महानगरपालिका-१ मा अवस्थित पर्यटकीयस्थल कमल पोखरी। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्