आजका तस्बिर- चैत १९
आजका तस्बिर- चैत १९
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान ।  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। मंगलबार दिउँसो उनी प्रधानमन्त्री पाएटोंगटार्न शिनावात्राको निमन्त्रणामा औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत १९
राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेबिका खत्रीको न्याय माग्दै विद्यार्थीहरूको प्रदर्शन ।  काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका रेबिका खत्रीको न्याय माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- चैत १९
ङिस्याङ उपत्यका र पाेखरी ।  मनाङ ङिस्याङ गाउँपालिका-५ सब्जे नजिकै चामे-खाङसार सडक छेउमा रहेको निलो पोखरी र ङिस्याङ उपत्यका। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- चैत १९
फोटो खिच्दै सांसदहरू ।  संसद चल्न ढिलाइ भएपछि फोटो खिच्दै सांसदहरू। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधनको सूचना आएपछि संसद सचिवालयले बैठक केहीबेर ढिला हुने जनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत १९
अन्नपूर्ण आधार शिविरमा टेन्ट ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरुले टाँगेको टेन्ट। ८ हजार ९१ मिटर उचाइ रहेको यो हिमाल आरोहणका लागि यस याममा ४२ जना आरोहीले अनुमति लिएका छन्। तस्बिर: दलप्रसाद विश्वकर्मा/रासस
प्रतिक्रिया दिनुहोस्