कालोपत्रपछिको सडक । मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका -५ याम्पामा दुवै लेनमा दोस्रो चरणको कालोपत्र गरिएपछिको चिटिक्क सडक। पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। तस्बिर: सागर गिरी/रासस
छोर्तेन र अन्नपूर्ण हिमाल । मनाङ चामे गाउँपालीका-३ काेताेस्थित छाेर्तेन र पृष्ठभूमिमा देखिएकाे अन्नपूर्ण हिमशृङ्खला। तस्बिर: नवीन लामिछाने/रासस
पाथीभरा क्षेत्रमा हिमपात । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपातपछि सेताम्मे भएका संरचना। पाथीभरा मन्दिर जाने मुख्य विश्रामस्थल ठूलो फेदी आसपासको क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
मौरीपालन व्यवसाय । स्याङ्जाको चापाकोट–९ स्थित कस्यप मौरीपालन तथा रिसर्च सेन्टरका सञ्चालकहरू मौरीको स्याहारसुसार गर्दै। तस्बिर: तोलाकान्त बगाले/रासस
सालिक । जुम्लाको चन्दननाथ नगरपालिका-२ स्थित भण्डारीबाडामा रहेको सहिदहरूका सालिक। तस्बिर:विजय रावत/रासस