आजका तस्बिर- फागुन ९
आजका तस्बिर- फागुन ९
झोङ गाउँ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ स्थित झोङ गाउँ। विशेष गरी बौद्ध धर्म मान्ने र गुरूङ जातिको बसोबास रहेको यस गाउँको मुख्य आम्दानीको स्रोत खेतीपाती रहेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन ९
परालको गुन्द्री बुन्दै ।  नेपालगञ्जमा सञ्चालन भएको नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा बाँकेको खजुरा गाउँपालिका-२ सिद्धनगरका ६१ वर्षिया केवल सार्की परालको गुन्द्री बुन्दै। एउटा गुन्द्रीलाई उनले रु सात सयमा बेच्ने गर्छिन्। तस्बिरः रुपनी जि एम/रासस
आजका तस्बिर- फागुन ९
घुमाउने घर ।  तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर। पछिल्लो समयमा आधुनिक घर बन्न थालेपछि मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएको छ। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- फागुन ९
गुर्जा र चुरेन हिमाल ।  म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य। लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमालहरू हिउँ भरिएर सुन्दर देखिएका छन्। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- फागुन ९
ऊन प्रशोधन ।  बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका-९ का भेडापालक किसान भेडाको ऊन प्रशोधन गर्दै। ऊन निकालेर कम्बल, स्विटर लगायतका सामग्री बनाउन प्रयोग गरिन्छ। तस्बिर: सुशील भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्