आजका तस्बिर- माघ ४
आजका तस्बिर- माघ ४
बादलको घुम्टोभित्र साँफेबगर ।  अछामको साँफेबगर, बुढीगङ्गा, कैलाश खोला र मङ्गलसेन लगायतका आसपासको क्षेत्र शुक्रबार बिहान बादलले ढाकेको दृश्य। तस्बिरः सुशील भण्डारी/रासस
आजका तस्बिर- माघ ४
च्यामाताल ।  बर्दियाको बाँकसगढी नगरपालिका वडा नं २ राँझा टापुमा रहेको च्यामाताल। मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ। तस्बिरः रूपनी जि एम/रासस
आजका तस्बिर- माघ ४
लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र ।  दाङको राप्ती गाउँपालिका–३ स्थित लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक केन्द्रमा मण्डला आकारमा बन्दै गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयहरू। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ४
पाथीभराबाट देखिएको हिमशृङ्खलाको दृश्य ।  ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराधाम परिसरबाट देखिएको कुम्भकर्णसहितको हिमशृङ्खलाको दृश्य। तस्बिरः सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- माघ ४
सिमकोट ।  हुम्लाको सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा हिमपात रोकिएपछि शुक्रबार बिहान देखिएको दृश्य। तस्बिरः दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्