हिमाल र लोकमार्ग । मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेम्जाबाट देखिएको माछापुच्छ्रे लगायत हिमश्रृङ्खला। तस्बिर:कृष्ण दवाडी/रासस
अल्लोको कपडा बुन्दै । म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ वर्षिया कुमारी घर्ती। मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सीपलाई समेत महोत्सवस्थलमा प्रदर्शनीमा राखेको छ। तस्बिर:कमल खत्री/रासस
थारू युवती । माघी मनाउने क्रममा मौलिक वेशभूषामा सजिएका दाङ देउखुरीको गढवा गाउँपालिका-७ स्थित झारबैराका स्थानीय थारू युवती। तस्बिर: कुलदीप न्यौपाने/रासस
सिक्लेस गाउँ । कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल। गुरूङ जातिको बाहुल्यता रहेको सिक्लेसमा छ सयभन्दा बढी घरधुरी छ। तस्बिर: धनबहादुर गुरूङ/रासस