आजका तस्बिर- पुस २८
आजका तस्बिर- पुस २८
तल्लो गोरखा दरबार ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थान गोरखाको तल्लो दरबार। हाल यसलाई गोरखा संग्रहालय बनाइएको छ। गोरखा दरबारलाई माथिल्लो र यस दरबालाई तल्लो दरबार भन्ने गरिन्छ। तस्बिरः रत्न श्रेष्ठ/ रासस
आजका तस्बिर- पुस २८
नदीबाट बालुवा निकालेर ट्याक्टरमा लोड ।  सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरीस्थित भेरी नदीबाट बालुवा निकालेर ट्याक्टरमा लोड गर्दै स्थानीय महिलाहरू। विगतमा डोजरको प्रयोग गरेर ढुंगा निकाल्ने गरेकामा आजभोलि डोजरको प्रयोगमा रोक लगाएपछि स्थानीयहरूले रोजगारी पाएको यहाँका स्थानीयहरू बताउँछन्। तस्बिरः सुरेश आचार्य/ रासस
आजका तस्बिर- पुस २८
नाम्दो गाउँ ।  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दो गाउँ। यहाँ आकाशमा बादल देखिनबित्तिकै हिमपात हुने गर्दछ। तस्बिरः हेमन्त केसी/ रासस
आजका तस्बिर- पुस २८
अब गोड्नु पर्दैन मकै ।  सुनसरीको इनरूवा नगरपालिका–९ का किसान श्रवण मेहता आइतबार मकैमा झार मार्ने विषादी छर्कँदै। झार मार्ने विषादीका कारण किसान मकै गोड्ने झन्झटबाट मुक्त भएका छन्। तस्बिरः नवीन गड्तौला/ रासस
आजका तस्बिर- पुस २८
सुन्तला बगैँचा ।  पाल्पाको निस्दी गाउँपालिका–५ स्थित बहपुरका किसान मानबहादुर ढेँगाले लगाएको सुन्तला बगैँचा। पात झर्ने, पहेँलो हुने र विस्तारै जरा कुहिएर बोट मर्नेजस्ता समस्या बगैँचामा देखापर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। तस्बिरः सुशीला रेग्मी/ रासस
आजका तस्बिर- पुस २८
छानामा दाउरा राख्ने चलन ।  हिमालपारिको जिल्ला मुस्ताङको चर्चित पर्यटकीय गाउँ मार्फामा दशकौंदेखि छानामा दाउरा राख्ने चलन हुँदै। छानामा दाउरा राख्ने प्रचलन पूर्खाले परम्परादेखि नै ल्याएको चलन हो। स्थानीय बुद्धिजीवीका अनुसार घरको प्रत्येक छानाको डिलमा दाउरा मिलाएर राख्दा घर बलियो हुनुका साथै वर्षात् हुँदा पानी चुहिने सम्भावना धेरै कम हुन्छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
प्रतिक्रिया दिनुहोस्