स्वम्भूनाथ आकाशबा हेर्दा । बिहानैदेखि आकाश बादलले उघारो नभए पनि काठमाडौंको पर्यावरण लोभलाग्दो छ। तुवालो हटेको छ। थुम्काथुम्की चढेर हेर्दा छ्याङ्ग उघ्रिएसरह छ, काठमाडौं। तस्बिरः नवीनबाबु गुुरूङ/सेतोपाटी
रवि लामिछाने काठमाडौं अदालतमा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
नाम्दो गाउँ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दो गाउँ । यहाँ आकाशमा बादल देखिनबित्तिकै हिमपात हुने गर्दछ । तस्बिरः हेमन्त केसी/रासस
मगर समुदायको थाली नाच । बेनीमा आइतबारदेखि सुरु भएको आठौँ म्याग्दी महोत्सवको उद्घाटन समारोहमा निकालिएको पदयात्रामा थाली नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार । थाली नाच म्याग्दीको मौलिक संस्कृति मानिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
छानामा दाउरा राख्ने चलन । हिमालपारिको जिल्ला मुस्ताङको चर्चित पर्यटकीय गाउँ मार्फामा दशकौंदेखि छानामा दाउरा राख्ने चलन हुँदै। छानामा दाउरा राख्ने प्रचलन पूर्खाले परम्परादेखि नै ल्याएको चलन हो । स्थानीय बुद्धिजीवीका अनुसार घरको प्रत्येक छानाको डिलमा दाउरा मिलाएर राख्दा घर बलियो हुनुका साथै वर्षात् हुँदा पानी चुहिने सम्भावना धेरै कम हुन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
निर्माणाधीन क्रिकेट रंगशाला । चितवनको भरतपुर महानगरपालिका–१५स्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला । विसं २०८१ मङ्सिरसम्म १३ प्रतिशत काम सकिएको रङ्गशालाको हाल द्रुतगतिका साथ काम भइरहेको छ । लामो समय अलपत्रमा परेको रङ्गशाला भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारको सहकार्यमा धमाधम निर्माण भइरहेको छ । तस्बिरः सनद अधिकारी/रासस