आजका तस्बिर- पुस २६
आजका तस्बिर- पुस २६
कर्णाली नदी र हुम्ला करिडोर ।  कालीकोटको पचाल झरना गाउँपालिका-४ पडेक्षाबाट देखिएको हुम्ला करिडोर, कर्णाली नदी र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- पुस २६
धाननाच स्तम्भ ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ (ताक्वाचङ या–राक्मा तेन)। करिब ८० लाख रुपैयाँको लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो।तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- पुस २६
स्ट्रबेरी खेती ।  दाङको घोराही उपमहानगरपालिका–१४ स्थित रतनपुरमा करिब नौ कठ्ठा भाडाको जग्गामा व्यावसायिक रूपमा लगाइएका विन्टर डाउन जातको स्ट्रबेरी खेती। मंसिरमा रोपिएका बिरूवाले माघको दोस्रो हप्तादेखि उत्पादन दिन सुरू गर्ने किसान वीरेन्द्र खड्काले जानकारी दिए। तस्बिरः कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- पुस २६
हिउँविहीन सिस्ने हिमाल ।  रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ पेउघाबाट देखिएको रूकुम पूर्वमा अवस्थित सिस्ने हिमाल। यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्ने हिमाल कालो पत्थर जस्तो देखाएको छ। तस्बिर:बलबहादुर ओली(बलेन्द्र)/रासस
आजका तस्बिर- पुस २६
घाम ताप्दै-पढ्दै ।  सुनसरीको इनरूवा-९ स्थित फूल आधारभूत विद्यालयमा घाम लागेको बेला चौरमा बसेर पढ्दै विद्यार्थी। तस्बिर:नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्