आजका तस्बिर- पुस २५
आजका तस्बिर- पुस २५
मकैको जोहो ।  बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै। यसरी बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- पुस २५
मुस्ताङका भेडाच्याङ्ग्रा ।  मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा स्थानीय आङ्ग्येल शेर्पाले पालेका भेडाच्याङ्ग्राको बथान। मुस्ताङमा हिउँदयाम सुरू भएसँगै भेडाच्याङ्ग्रालाई दिनभर चरनमा लगेर बेलुकी घर ल्याउने गरिन्छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस २५
मातृचक्र- मुस्ताङ ।  मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस २५
इँटा सुकाउँदै ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित इँटाभट्टामा इँटा सुकाउँदै मजदुर। प्रति इँटा रु १२ देखि रु १६ का दरले बिक्री भैरहेको व्यापारी बताउँछन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्