खुम्बुमा हिमपात । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मङ्गलबार हिमपातपश्चात् देखिएको दृश्य। आज दिउँसोदेखि दिङ्बुचेसहितको क्षेत्रमा हिमपात हुँदा खुम्बु क्षेत्र पूरै सेताम्मे बनेको छ। तस्बिरः सुवास दर्नाल/रासस
टायर बालेर आगो ताप्दै । अत्यधिक चिसो बढेपछि सर्लाहीको सदरमुकाम मलङ्गवा–१० का स्थानीयवासी चिसोबाट बच्न टायर बालेर आगो ताप्दै । टायर बालेर आगो ताप्नु स्वास्थ्यका लागि हानिकारक रहेको स्वास्थ्यकर्मीको भनाइ छ। तस्बिरः विश्वनाथ ठाकुर/रासस
पाटन दरबार क्षेत्र । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा मङ्गलबार घुम्न आएका आन्तरिक पर्यटक। तस्बिर : हरिराम भेटुवाल/रासस
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका । भूकम्पको धक्का महसुस भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा मङ्गलबार बिहान घरबाट बाहिर निक्लेर सडकमा जम्मा भएका बालबालिका। तस्बिर: विश्वनाथ ठाकुर / रासस
मार्फा गाउँ र वरिपरिको दृश्य । बर्खायममा हरियाली र सुन्दर देखिने मार्फा गाउँ र वरपरका खेतबारीमा देखिएका स्याउका बोटहरु । यद्यपि मार्फामा घुम्न आउने पर्यटकको आगमनमा भने कमी नआएको स्थानीय बासिन्दा बताउँछन्। तस्बिरः सुशीलबाबु थकाली/रासस