सूर्योदय र झोलुङ्गे पुल । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. २ र ३ जोड्ने सनवोरा नदी माथिको झोलुङ्गे पुल र सोमबार बिहान देखिएको सूर्योदयको दृश्य। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
अल्लोको कपडा बुन्दै । दाङको घोराही उपमहानगरपालिका-१३ स्थित नयाँ बसपार्कमा तीलकुमारी पुनले घरेलु तानमा अल्लोको कपडा बुन्दै। तस्बिर: कुलदीप न्यौपाने/रासस
चखेवाका बथान । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान। दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्दछन्। तस्बिरः रुपनी जिएम/रासस