आहार लिएपछि उडिरहेका पानी हाँस । चितवनको राप्ती नदीमा आहार लिएपछि उडिरहेका पानी हाँस। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
तराईमा कुहिरो । जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो। केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। तस्बिरः निरंजनकुमार साह/रासस
कुम्भकर्ण हिमाल । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य। विश्वको ३२औँ अग्लो र नेपालको १५ औँ अग्लो यो हिमालको उचाइ सात हजार ७१० मिटर छ। तस्बिर:दिलकुमार लिम्बू/रासस
गुलेरिया ताल । दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार। घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरू लाभान्वित भएका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस